राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।
शनिबारबाट सुरु भएको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बसिरहेको छ । लम्बिने भएपछि लन्च ब्रेकमा बाहिर निस्कने क्रममा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।