संसद्‌मा कांग्रेसले उठाएका विषय जायज ः एकीकृत समाजवादी

काठमाडौं । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेस गरिने दस्ताबेजहरू प्रस्तुत गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन् । बैठकमा संगठनात्मक र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूपको प्रस्ताव प्रस्तुत गरेका एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले बैठकमा धारणा राखेका थिए । अरू सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र सोही दिन स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए । उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे । संसद्मा नेपाली कांग्रेसले उठाएका विषय जायज भएको उनले उल्लेख गरे । प्रवक्ता खतिवडाले संसद्को अवरोध हटाउन सरकार र सभामुख गम्भीर हुनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *