कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् । छुट पाउन सेवा लिए बापतको भुक्तानी कुमारी बैंकको डेबिट,क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सामान्य डेन्टल सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवामा ७ प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सक्ने केन्द्रले जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *