लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्तिमार्फत सन्दीप घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जनाएका छन् ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरेर सन्दीपको पक्षमा फैसला सुनाएको हो ।