आगामी वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब उठाइने
काठमाडौं । सरकारले आगामी वर्षका लागि विनियोजन गरिएको बजेटमा राजस्वमार्फत १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ उठाउने भएको छ । वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड ब्यहोर्दा पाँच खर्ब ४७ अर्ब ६७ अर्ब अपुग हुने पनि मन्त्री पुनले बताए । सो न्यून पूर्तिका लागि वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणमार्फत तीन खर्ब ३० अर्ब व्यहोरिने पनि उनले बताए ।