कोशीमा सरकार गठनविरुद्ध अदालतमा दायर गरेको रिटको पेसी आज
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज (बुधबार) को लागि रहेको छ ।
केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् ।
केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।