सीआईबी गिरीबन्धुको उजुरी कुरेर बसेको छ ःगृहमन्त्री लामिछाने

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गिरीबन्धु टी–इस्टेटको उजुरी कुरेर बसेको बताएका छन् । उनले गिरीबन्धु, यति, ओम्नीलगायत काण्डमा अनुसन्धान गर्न तत्पर रहेको बताए । नेपाल प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरीबन्धु टी–इस्टेटका बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अघि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ ।

र, केन्द्रीय अनुसन्धान ब्युरो गिरीबन्धु टी–इस्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ । कुनै पनि बेला भएका विभिन्न किसिमका यी घटनाहरूका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ । उनले कुनै पनि काण्डका बारेमा फाइल लुकाउनुपर्ने बाध्यता आफूमाथि नरहेको बताए । कुनै पनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । शीरमा छैन, गृहमन्त्री लामिछानेले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *