मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बरपिपल रिसोर्ट पोखरासँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, बसाइ तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

छुट तथा सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । यस्तै, मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि उक्त सुविधा प्राप्त गर्न सकिनेछ । बैंकले आफ्ना ग्राहकका लागि आधार दरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने ‘मुक्तिनाथ विकास बैंक’ योजना सञ्चालनमा ल्याएको जनाएको छ । प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *