कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण

काठमाण्डौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुन १ स्थित श्री राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री सहयोग गरेको छ । कम्पनीले उक्त मन्दिरलाई हालै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ बराबरको दराज, कुर्चि, टेवललगायतका फर्निचर सामग्री हस्तान्तरण गरेको होे । फर्निचर सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए भने प्रमुख अथितिको रुपमा कम्पनीका उप–महाप्रबन्धक डा. बाबुकाजी थापा रहेका थिए ।

सो अवसरमा प्रमुख अथिति थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिकको रुपमा स्थापित गर्ने बताए । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्वय धु्रव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीलगायत सर्वसाधारणको सहभागिता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *