उरुग्वे सेमिफाइनलमा ब्राजिल खेलबाट बाहिरियो
काठमाडौँ । आज आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरि उरुग्वे कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमको खेल बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
अब सेमिफाइनलमा उरुग्वे र कोलम्बिया बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

















