नेपाल एसबीआई बैंकको ३१औँ वार्षिकोत्सव
काठमाण्डौं । नेपाल एसबीआई बैंकले आफ्नो ३१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बैंकले वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले शपथ ग्रहण समारोहको पनि आयोजना गरेको थियो । जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्बेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।
साथै उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमारले बैंकको उपलब्धिमा योगदान पू¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

















