निर्माण व्यवसायी सरकारबाट भुक्तानी नभएपछि आन्दोलनको तयारीमा

काठमाण्डौं । निर्माण व्यवसायीले सरकारले चालु आर्थिक वर्ष सकिने बेलासम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलनको तयारीमा जुटेका छन् । विहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा हुँदै अर्थ मन्त्रालयका कर्मचारीका कारण व्यवसायीहरूको भुक्तानी नभएको संघको आरोप छ ।

निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएपछि निर्माण उद्योगमा विकराल समस्या देखिएकाले आन्दोलनको तयारीमा जुटेको जानकारी दिएका छन् । महासंघका अध्यक्ष रवि सिंहले अस्थिर सरकारको मार निर्माण उद्योगले खेप्नु परेको बताए। उनले भने,‘ भुक्तानी नदिने कार्यालयमा अब क्रमशः तालाबन्दी सहित अन्य अवरोध सिर्जना गरिन्छ । बजेट कार्यान्वयनमा रहेको परम्परागत प्रणाली अन्त्य नभएसम्म निर्माण उद्योगको समस्या समाधान नहुने ठोकुवा उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *