भक्तपुरका जिल्ला सभापति,सांसद दुर्लभ थापालाई मातृशोक

भक्तपुर, । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिनुभयो ।

लामो समयदेखि दम तथा निमोनियाको उपचार गराइरहनुभएकी उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू पूर्णबहादर खड्का, गगन थापालगायत केन्द्रीय नेताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वर्गीय थापाका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *