अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पमाथि अमेरिकाको पेन्सिल्भेनियामा भएको एक र्यालीमा गोली प्रहार भएको हो । उनलाई तत्कालै त्यहाँबाट सुरक्षित बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । यो घटनापछि तस्बिरहरूमा डोनाल्ड ट्रम्पले आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ र कानबाट रगत पनि बगिरहेको छ । र्यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।
आवाज सुनेपछि गुप्तचर सेवाका एजेन्टहरूले उनलाई तुरुन्तै स्टेजबाट हटाए र कारमा लगेका थिए । अहिले उनी सुरक्षित छन् । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका बीबीसीले उल्लेख गरेको छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । बीबीसी