प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, पाउँलान त ओलीले दुई तिहाई मत ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

यसरी अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले यसरी विश्वासको मत लिदै गर्दा दुई तिहाई मत पुर्याउन सक्ने सम्भावना देख्न सकिन्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै आइतबार नै संसदमा देशवासीकालाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसदका ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर प्रधानमन्त्री बनेका ओली विश्वासको मत लिदै गर्दा दुई तिहाई मत पुर्याउने उनको लक्ष्य हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् दुई तिहाई मत पुर्याउन ओलीलाई कम्तिमा १८४ मत आवश्यक पर्दछ । प्रधानमन्त्री ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले बाहेक जसपा र लोसपालाई पनि सरकारमा सामेल गइसकेका छन् । यसरी ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गईसकेपछि अहिले प्रधानमन्त्री ओलीसँग १७७ मत रहेको छ ।

तर संसदमा दुई तिहाई मत पुर्याउन ओलीलाई अझैँ ७ मत आवश्यक पर्ने देखिन्छ । यता जनमत पार्टीले मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । यसरी जनमत पार्टीबाट पनि छलफल मिलेमा ओली सरकारलाई जनमतबाट पनि मत आउने देखिन्छ प्रतिनिधिसभामा जनमतको ६ सांसद रहेका छन् ।

त्यसैगरी ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी मत हुन जान्छ ।

दलहरु बाहेकका दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा.अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । ओलीलाई ति दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९० माथि मत हुन जान्छ ।

१४ सिट रहेको राप्रपाले पनि ओली सरकारलाई विश्वासको मत दिने जस्तो देखिन्छ किनभने हालसम्म राप्रपाले ओली नेतृत्वको सरकारलाई नकारात्मक टिप्पणी गरेको छैन । यसरी राप्रपाले पनि हालको सरकारलाई विश्वासको मत दिएमा ओलीले संसदमा २०० बढी मत प्राप्त गर्ने सम्भावना रहेको छ ।

तर प्रतिनिधिसभामा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी लगायतले भने सरकारलाई विश्वासको मत नदिने निश्चित रहेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्र , रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र एकीकृत समाजवादी गरी ६३ सदस्य रहेको छ ।

यता एक-एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ओली नेतृत्वको सरकारलाई विपक्षमा मतदान गर्ने सम्भावना छ । यसरी हेर्दा ओलीले लिने विश्वासको मतमा २०० बढी मत प्राप्त गर्ने सम्भावना देखिन्छ तर यि सम्भावना पुष्ठि भने भएको छैन् तर पनि बर्तमान ओली नेतृत्वको सरकारले दुई तिहाई मत पुर्याउन सक्ने सम्भावना देखिन्छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनियताको शपथ थिएका थिए । ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *