आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्ने 

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् । दलको नेता लीला गिरी भए पनि पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेपछि उनी नै मुख्यमन्त्री बन्ने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

आचार्य यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।  त्यस्तै शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य पनि रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *