अपडेट- विमानमा १९ जना यात्रु, विमान टुक्रा टुक्रा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
आज बिहान सवा ११ बजेतिर दुर्घटना भएको उक्त विमानमा १९ जना रहेको खुलेको छ । चालक दल र केहि सदस्य सहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको हो ।
अहिले उद्धार टोली परिचालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमान टुक्रा टुक्रा भएको छ ।