चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाण्डौं । प्रतिनिधि सभा अन्तर्गतका तीन र राष्ट्रिय सभाअन्तर्गतका एउटा समितिको बैठक शुक्रबार बस्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ।
साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयकका सम्बन्धमा संसोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ। प्रतिनिधिसभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ। मध्याह्न १२ः०५ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ।