सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु, महासचिवमा खड्का
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित भएका छन् । संघको २०औं साधारणसभाले अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् । महासचिवमा राजाराम खड्का निर्वाचित भएका छन् । तत्कालिन इन्टरनेशन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खड्का हाल कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन् । उनी गरिमा सिमेन्ट इन्डस्ट्रीजको प्रबन्ध निर्देशक हुन् । नयाँ कार्यसमितिको कोषाध्यक्षमा अरुणकुमार कर्ण चुनिएका छन् ।
त्यस्तै, सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् । संघको सल्लाहकार समूहमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल मनोनीत भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष ध्रुब थापा छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । चुनढुंगा उत्खनन्, वन, विद्युत्, बैंकिङ, बीमा, श्रम तथा स्थानीय निकायसँग सम्बन्धित समस्याहरु समाधान गर्न नयाँ कर्यासमितिले तत्काल पहल गर्ने उनले बताए ।