ग्लोबल आइएमईका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको सूचना अनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको हो । सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ सेवा लिन आग्रह गरेको छ ।