फिल्म ‘माइली’ को भद्रकाली मन्दिरमा शुभ–मुहूर्त

काठमाडौँ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मको मुहूर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ । मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए ।

नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले फिल्मका लागि मुहूर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् । निर्देशक बलामीले फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत र राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, समीर मियाँको सम्पादन रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *