बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने
काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने भएकि छिन् ।
हसिनाको छोरा तथा पूर्व आधिकारिक सल्लाहकार सजीव वाजेद जोयले सोमबार एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । परिवारको जर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताए । सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी थिइन् ।
उनका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् । पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताए । बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताका छन् ।
‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनि राजनीतिमा फर्कने छैनन् ।’ जोयले भनेका छन् । सडकमा रक्तपात नहोस् भनेर आफ्नी आमाले बङ्गलादेश छाडेको पनि जोयले बताएका छन् ।