शिवपुरीमा हेलिकप्टर दुर्घटना, हेलिकप्टर क्याप्टेन अरुण मल्ल र अन्य ४ जना चिनिया नागरिकको मृत्यु
काठमाडौँ । नुवाकोटको शिवपुरी स्थित गुर्जे भञ्ज्याङ्मा हेलिकप्टर दुर्घटना भएको छ ।
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। ।
आज (बुधबार) काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन एजेडी हेलिकप्टर रहेको पाइएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको त्रिभुवन विमानस्थल स्रोतले बताइएको छ ।
हेलिकप्टरमा ५ जना सवार जसमा एक पाइलट र ४ जना चिनिया नागरिक रहेको प्रहरीले जनाएका छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । चिनियाँ पर्यटकहरुमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।