राष्ट्रिय महिला भलिबल टीमलाई काठमाडौं महानगरपालिकाले गर्यो सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टीमलाई सम्मान गरेको छ ।

काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगाले तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *