कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक, राधेराधे, सनसिटी–पेप्सिकोला, बसुन्धरा चौकी, सितापाइला, बौद्ध, कौशलटार, इमाडोल, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । कुमारी बैंकका ग्राहकलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशुल्करूपमा उपलब्ध गराएको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *