कांग्रेस बैठकमा मागः एमालेलाई चुनावअघि गठबन्धन नगरौँ भनेर कमिटमेन्ट गराऔँ

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार केन्द्रीय समिति बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले चुनावअघि गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावअघि गठबन्धन नगर्न एमालेलाइ पनि सहमत गराउनुपर्ने धारणा राखेका थिए । दुई पार्टी मिल्दा राम्रो सन्देश गएन । गलत गतिविधि ढाकछोप गर्न गठबन्धन बनेको भन्ने भाष्य बाहिर गएको छ । एमालेलाई चुनावअघि गठबन्धन नगरौँ भनेर कमिटमेन्ट गराऔँ । यस्तै, केन्द्रीय सदस्य गोविन्द शाहीले सयदिने अभियानलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले अभियानमा पठाइनेहरूलाई इन्चार्ज शब्द प्रयोग नगर्न पनि आग्रह गरे । कम्युनिस्ट शब्द भयो भन्नेमा उहाँको आपत्ति थियो ।

बैंठकमा केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले पार्टीमा गुटले चरम सीमा नाघेको बताइन् । अर्का केन्द्रीय सदस्य मुक्ता यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीले मधेस प्रदेशलाई प्राथमिकतामा नराखेको गुनासो गरे । पार्टीको केन्द्रीय समिति बैठकमा बंगलादेशमा हिन्दु समुदायमाथि ुज्यादती भएकोु विषय पनि उठेको छ । केन्द्रीय सदस्यहरूले यस विषयमा कांग्रेसले संस्थागत निर्णय गरेर बोल्नुपर्ने धारणा राखे । केन्द्रीय सदस्य नैनसिंह महरले बंगलादेशमा हिन्दु तथा अल्पसंख्यकमाथि भइरहेको हिंसात्मक गतिविधिको निन्दा हुनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य चन्द्र केसीले बंगलादेशमा हिन्दुको अवस्थाबारे कांग्रेस संस्थागतरूपमा बोल्नुपर्ने भन्दै आवाज उठाएको ती केन्द्रीय सदस्यले जानकारी दिए । अर्का केन्द्रीय सदस्य अब्दुल सतारले बंगलादेशकै कुरा ल्याएर नेपालमा मुस्लिम समुदायको अधिकार खोस्ने गरी गतिविधि अघि बढ्ने भन्दै चिन्ता व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *