प्रोटेक्टिभ माइक्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र क्यापिटलबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनी नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित पाएको बीमा कम्पनी हो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हालसम्म २९ वटा कार्यालयमार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।