जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–८, गौरीघाटमा जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।

कलाकार आचार्यसहित ११ जना काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् । उनी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर भएको स्रोतले जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टरलाइ अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

कलाकार आचार्यसहित उनीहरुलाई काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट पक्राउ गरिएको थियो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *