चितवनको राप्तीमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०१-००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइते मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारी साधन, बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ बस्ने बर्ष ४० का सन्तोष कुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका–२ बस्ने बर्ष ३५ का निर कुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *