रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक डाकेको छ ।
मंगलबार बिहान १० बजेका लागि रास्वपाले संसदीय दलको बैठक डाकेको हो । बैठकका लागि प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध एजेण्डा तय गरिएको छ ।
रास्वपाले प्रतिपक्षमा बसेर निर्वाह गर्ने भूमिका लगायतका बारेमा पनि छलफल गर्ने बताइएको छ।