युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ ।
युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले जनाएका छन्।
उनका अनुसार विस्थापितमध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन्। ‘बिग्रदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्युनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ’, ग्लेडकोभले भने।
वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने उनले आशा व्यक्त गरेका छन्।