बिजुलीको महसुल उठाउन निर्देशन दिन सांसद ढकालको प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् ।
आज (मङ्गलबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसद्मा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे । यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रिय सांसद ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका थिए ।

















