नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारीसमेत दिएको छ ।

कार्यक्रममा खेलकुदमन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सधैँ सहयोग गर्न तयार रहेको बताए । त्यस्तै, क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासँगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बताए । त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *