स्टार माइक्रो इन्स्योरेन्सको धितोपत्र प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाण्डौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर रु. १०० को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २०७९ पुष १४ मा दर्ता भइ मिति २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ । त्यससम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।