रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा
काठमाण्डौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु,कम्पनीको पहुँचलाई दुरदराजसम्म पुयाउन अहं भूमिका खेल्नुहुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारीवर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ । हालसम्मको उपलब्धीबाट हामिलाई थप कार्यगर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहनगर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त क्तबपभजयमिभचक बाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौ ।
अगाडी दिनमा हामी सेवा उच्चप्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ । यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले दमक,नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंजशाखाहरुमा रक्तदान, दमौलिशाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्यशिविर, धनकुटामा स्थास्थ्यशिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममाखाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाएको थियो ।