पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु,ग्राहकहरूलाई गाडी हस्तान्तरण

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा टाटा लन्च गरिएको हो । साथै सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै उद्योग वाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो ।

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकाले धेरै ग्राहक पन्च इभीको प्रतीक्षा गरिरहेका र लन्च कार्यक्रममा गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा अलास्का अटोमोबाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए । पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो,एप्पल कार प्लेको आनन्द लिन सकिने छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *