सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ । सलिको निर्जीव बीमा व्यवसाय गर्ने कम्पनी हो । यसले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक(आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ९सलिको० बनेको हो । सलिकोको हाल देशभर १२० वटाभन्दा धेरै शाखा कार्यालयहरू रहेका छन् ।