सांसद गुरुङमाथि सहकारी प्रकरणमा प्रमाण नपुगेकाले सीआईबीमा उजुरी दर्ता गर्न नमिल्ने

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न नमिल्ने बताएको छ ।

मितेरी सहकारी संस्थाले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी दिएपनि अहिलेसम्म अनुसन्धानका लागि सिफासि भएर नआएकाले प्रमाण नपुगेको सीआइबीले जनाएको छ । कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड ५० लाख रुपैयाँ हिनामिना भएको भन्दै धनराज र उनकी पूर्वपत्नी ज्योतिविरुद्ध संस्थाका अध्यक्ष कुम्भराज राईले केही दिनअघि सिआइबीमा उजुरी दर्ता गर्न खोजेको तर प्रमाण नपुगेले दर्ता नभएको छ ।

ज्योति र कांग्रेस उपसभापति तथा सांसद धनराजबीच २०७६ सालमा सम्बन्ध विच्छेद भएको थियो । उनीहरूबीच कानुनीरूपमा सम्बन्ध बिच्छेद भइसकेको अवस्थामा पनि ज्योतिका नामको ऋण धनराजले सहकारीमा पुगेर तिरेको पाइएको थियो ।

धनराजले सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको समयमा त्यसलाई प्रभावित पार्न आफूमाथि यस्तो आरोप लगाइएको दाबी छन । ‘यो विषयामा छिटोभन्दा छिटो छानबिन गर्न माग गर्छु। मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू को–कसमाथि छानबिन गर्नुपर्ने हो तुरुन्तै गरियोस् । यो विषयमा ममाथि कुनै आशंका छ भने पनि छानबिन होस्’, प्रतिनिधिसभा बैठकमा धनराजले भनेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *