एभरेष्ट बैंकले घटायो ब्याजदर
काठमाडौं । एभरेष्ट बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६।१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ । असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।