२०७९ को चुनाव निम्तो कार्डमात्र हो – सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा सकिएको नभएर बरु अरुलाई सक्काउँने बताएका छन् ।

आज (मंगलबार) काठमाडौँको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले पार्टीमा छोटो समयमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताए । नागरिकका अपेक्षाहरु धेरै भएका र रास्वपाको सपना पनि ठूलो भएको भन्दै उनले आफूहरुमाथिको प्रहार पनि त्यही अनुसार ठूलो हुने बताए । ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’, लामिछानेले भने, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’ जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन तबसम्म यी समस्या त आई नै रहन्छन् ।’ उनले सानो लडाइका लागि नआएको भन्दै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको र २०७९ को चुनाव निम्तो कार्डमात्र भएको बताए ।

मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कारण नभएको भन्दै उनले रास्वपा नसकिने बरु अरुलाई रास्वपाले सकाउने जिकीर समेत गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *