सहकारीमा रविको संलग्नता पत्याएकै थिइन : सभापति देउवा

काठमाडौं । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन् । उनले सहकारीको रकम अपचलनका विषय महामन्त्री गगन थापाले उठान गरेको बताए । ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ ।

उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई । सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *