गरिमा क्यापिटलको दशैं अफर
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले दशैंतिहारलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने जनाइएको छ । यसका लागि असोज १ गते देखि कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्नेछ ।
ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटबाट पनि खोल्न सक्नेछन् । यससम्बन्धमा थप जानकारी बैंकको वेबसाइट तथा फोन नम्बरबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै गरिमा क्यापिटलले आउँदै गरेको दशैंतिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेको छ ।