कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

सभापति देउवाले बिहीबार कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जनाको नाम सिफरिस गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *