हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ ।

दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।

नगरपालिकामा सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *