ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेको नेपालीहरुले माइ जोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेको र माइ जोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए । यसैगरि माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले युएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यो यात्रा सुरु गर्न पाउँदा माइजोई रोमाञ्चित रेहेको जानकारी गराए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । युएईमै मुख्यालय रहेका माइजोईको दृष्टिकोण विश्वव्यापी रूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न असक्षम प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरण गर्नु रहेको बैंकले बताएको छ । यसरी युएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । साथै, यसै सम्झौता अनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *