रविलाई स्थलमार्गबाट पोखरा लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उहाँ सडकमार्गबाट पोखरा जानुहुने छ ।
उहाँको साथमा हामी अरू केही साथीहरू पनि जाने छौँ, झाले भने । यसबारे सुरक्षा अधिकारीहरूसँग कुराकानी भइसकेको झाको भनाइ छ । हामीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ । र, उहाँहरूले पनि एक किसिमको सहानुभूति देखाइरहनु भएको छ । झाका अनुसार, त्यसअघि लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूमाझ केही कुराहरू राख्ने छन् ।