बजाज मोटरसाइकलको एक्सचेन्ज अफर,जुनसुकै ब्रान्डका मोटरसाइकलसँग साटफेर गर्न सकिने
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ ।
एक्सचेन्ज अफरमा तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएको छ ।
हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो योजना सुरु गरेको जानकारी दिए । झण्डै ८० भन्दा धेरै देशमा बजाजले लोकप्रियता हासिल गरेको छ ।