रिलायबल लाइफको रंगोली कन्टेस्ट प्रतियोगिता योजना, भिडियो बनाएर १० हजार जित्ने मौका

काठमाडौं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, अन्य दुई जनाले रिलायबलको ब्याक पाउने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि रंगोलीको भिडियो बनाएर फेसबुकमा पोष्ट गर्नुपर्ने हुन्छ । रिलायबल नेपाल लाइफको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्ने हुन्छ । त्यसैगरी, रिलायबललाइफरंगोली’ ह्याजट्यागमा राख्नुपर्ने हुन्छ । साथै रिलायबल नेपालको पेज लाइक गरेको हुनुपर्ने छ । एक जना प्रतियोगिले एकवटा भिडियोमात्र पोष्ट गर्नुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *