एनएमबि बैंकले १४ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । एनएमबि बैंकले ५ जिल्लामा गैह्र बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ५ जिल्लाका १४ ठाउँको गैह्र बैंकिङ्ग (घरजग्गा) सम्पत्ति लिलाम बिकीमा राखेको हो । बैंकको स्वामित्वमा रहेका सुनसरी, मोरङ्ग, सिराहा, दैलेख र रुपन्देहीका विभिन्न ठाउँमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।

सुनसरीमा ३ कित्ता, मोरङ्गमा एक कित्ता, सिराहामा ३ कित्ता, दैलेखमा ३ कित्ता र रुपन्देहीमा चार वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो । उक्त सम्पत्ति जे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *