क्रसर व्यवसायी महासंघको न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत
काठमाण्डौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चुनिएको हो। त्यस्तै बर्दिवास महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही चुनिएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् । सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चुनिएका छन् । सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शश िकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त राखिएको छ । २०७७ माघ २० गते बुटवलमा आयोजित महाधिवेशनबाट पनि यसअघि सिताराम न्यौपाने नै अध्यक्ष चुनिएका थिए । महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । पदाधिकारीसहित कार्यसमिति सदस्यहरुको कार्यकाल तीन वर्षको हुन्छ । महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।